
मोरङ, असार ३१
मोरङबाट लागुऔषधसहित २ जना पक्राउ परेकाा छन् । विराटनरगको २ ठाउँबाट लागुऔषध सहित २ जना पक्राउ परेका हुन् ।
लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटेका प्रहरी टोलीले आज दिउँसो बिराटनगर–९ का १८ बर्षीय मो. सावाजलाई लागुऔषध डाईलक्स डि.सि.२६ बोतल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै बिराटनगर–१५ का २३ बर्षीय सचिन कुमार शाहलाई डाईलक्स डि.सी. ६ बोतल र नाईट्राभेट ३० चक्की सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
