
पूर्णपुष्टि,कार्तिक १६
उदयपुरको चौदण्डीगढी नगरपालिका १० देबधारमा लागूऔषध गाँजा ओसारपसारमा संलग्न ७२ बर्षिय बृद्ध सहित ५ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१० का ७२ वर्षिय वृद्धा सबुरलाल चौधरी, ९ वडाको २७ वर्षिय सुरेन्द्र दनुवार, १९ वर्षिय बिबेक राई रहेका छन् ।

यस्तै चौदण्डीगढी नगरपालिका–६ का ३० वर्षिय रमेश थापा र २८ वर्षिय जिबन खड्का पनि सोहि दिन गाँजा सहित पक्राउ परेको डिएसपी बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट १ केजी ३ सय ६५ ग्राम गाँजा प्रहरीले बरामत गरेको छ । अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत अवैध गाँजा विक्री वितरण भईरहेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गौतमले जनाउनुभयो ।

पक्राउ पर्ने ५ जानलाई ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुर ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

