Friday, February 7News That Matters

लागु औषध दुव्र्यसनी बिरुद्ध अभिमुखिकरण कार्यक्रम

 

डि.एन चौधरी/राजावास,उदयपुर

त्रियुगा नगरपालिका वडा नम्वर ८ बैरनीमा लागु औषध दुव्र्यसनी बिरुद्ध १ दिने अभिमुखिकरण कार्यक्रम आइतवार सम्पन्न भएको छ । “सक्षम युवा त्रियुगा नगरको पहिचान दुव्र्यसनी विरुद्धको अभियान नारा संगै वडा स्तरीय युवा क्लव ८ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

वडा भित्रका युवाहरुलाई लागु औषध दुव्र्यसनी बिरुद्ध सचेतिकरण गराउदै परार्मश दिन् कार्यक्रमको आयोजना गरिएको युवा क्लवका अध्यक्ष रुपेश दनुवारले बताए । त्यस्तै कार्यक्रममा वडा नं ८ का अध्यक्ष कमल कुमार राउतले लागु औषध दुव्र्यसनी बिरुद्ध गाँउ गाँउ, टोलटोलमा गएर अभियान चलाउने बताए ।

उनले, समाज र राष्ट्र विकासमा युवाको भुमिका महत्वपुर्ण रहेकाले समयमै सवैलाई सचेत हुन जरुरी रहेको बताए । र प्रतेक टोल र समुदायमा यस वारे जनचेतना फैलाउनु पर्ने बताए । कार्यक्रममा लागु औषध भनेको के हो, यसको प्रयोगले हुने हानी नोक्सानी, स्वास्थयमा असर, कसरी कुलतवाट छुट्करा पाउने यसको न्युनिकरणमा युवाको भुमिका लागएतका बिषयमा छलफल गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका साहयक प्रहरी निरीक्षक गंगा राईले बताए ।

त्यस्तै चुहाडे प्रहरी बिटका इन्चार्ज सा.प्र.नि रामकुमार श्रेष्ठले युवाहरुलाई प्रशिक्षण गराएका थिए । त्रियुगा नगरपालिका गाईघाटको सहयोग,वडा ८ को संयोजनमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा जनप्रतीनिधी,समाजसेवी,बुद्धिजिवी,प्रहरी,संचारकर्मी लगाएत वडा भित्रका ४० जना युवाहरुको सहभागिता रहेको थियो ।