Friday, February 7News That Matters

लागु औषध नियन्त्रण दिवस बारे सिडियोकोमा बैंठक

उदयपुर, जेठ ३० गते ।

उदयपुरमा लागु औषध नियन्त्रण सम्बन्धी दिवस विविध कार्यक्रमका साथ सप्ताहव्यापीरुपमा  मनाउने भएको छ ।

विहिबार प्रशास कार्यालयमा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षताको बैंठकले विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । लागु औषध नियन्त्रण सम्बन्धी अन्तराष्ट्रिय दिवस (जुन २७) लाई सफल पार्न साताव्यापी कार्यक्रम तय भएको छ ।

बैंठकले अषाढ ५ गतेभित्र लागु औषध उत्पादन, ओसारपसार तथा सेवन गर्नेलाई हुने दण्ड सजाय सम्बन्धी जानकारीमुलक सूचनाको प्mलासबोर्ड बनाई राख्न र स्थानीय सञ्चार माध्यमहरुमा प्रशारण गर्न सबै स्थानीयतहलाई अनुरोध गर्ने निर्णय भएको छ ।

अषाढ ६ र ८ गते प्रहरी विद्यालय सम्पर्क समिति गठन भएका विद्यालय, शैक्षिक संस्थाहरुमा विद्यार्थी तथा अभिभावकहरुबीच लागु औषधविरुद्ध सचेतना कार्यक्रम गर्ने निर्णय भएको छ । त्यस्तै ७ गते लागु औषध सम्बन्धी विशेष अनुगमन गर्ने, ९ र १० गते लागु औषध उत्पादन हुने क्षेत्रहरुको पहिचान गरी अवैधरुपमा लगाईएको खेती नष्ट गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गर्ने निर्णय भएको छ ।

जुन २६ अर्थात अषाढ ११ गते जिल्ला समन्वय समिित र त्रियुगा नगरपालिकासंग समन्वय गरी र्यालीसहितको भब्य समापन समारोह गर्ने निर्णय भएको छ । सप्ताहव्यापी कार्यक्रमको बारेमा स्थानीय एफएम, पत्रपत्रिका र अनलाईनहरुलाई सन्देश तथा सूचना प्रकाशन तथा प्रशारणका लागि अनुरोध गर्ने निर्णय पनि भएको छ ।

बैंठकमा सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई, प्रहरी उपरिक्षक बीरबहादुर बुढामगर, सशस्त्र प्रहरी उपरिक्षक जयबहादुर खड्का, उपअनुसन्धान निर्देशक नगेन्द्र दाहालको उपस्थिति थियो । त्यस्तै शिक्षा विकास समिति इकाई, शिक्षक महासंघ उदयपुर, प्याप्सन उदयपुर, शिक्षक संघ उदयपुर, गैरसरकारी संस्था महासंघ उदयपुर, भूपू प्रहरी संगठन उदयपुर, नेपाल पत्रकार महासंघ लगायतका प्रमुख तथा प्रतिनिधिको उपस्थिती थियो ।

वैंठकमा प्रजिअ खड्काले सप्ताहव्यापी कार्यक्रमलाई प्रभावकारी बनाइ दिवसलाई सफल बनाउन सबैंले भूमिकासहितको साथ, सहयोग दिन आग्रह गरे ।