Monday, February 17News That Matters

लागु औषध सहित एक जना पक्राउ

उदयपयुर, साउन १४ गते । 

उदयपुरको शिवालय टोलबाट लागु औषध सहित एक जना पक्राउ परेको छ । त्रियुगा नगपालिका – ११ शिवालय टोलमा कोठा भाडामा बस्दै आएका मिलन खतिवडालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो ।

कोठा भाडामा बस्दै आएका २३ वर्षीय खतिवडाले लागु औषध कारोबार गर्ने गरेको भन्ने विषेश सुराकीको आधारमा खतिवडाको कोठा खानतालासी गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । टिनको दराज भित्र हरियो प्लाष्टिकको बाटामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

निट्रभेट – १० लेखिएको १६ पत्ता (एक सय ५८ गाटी), स्पासो–स्पोसिभोन १३ पत्ता (एक सय ४४ क्याप्सुल), रेस्कोफ डिएस् ४ बोतल, नोफिन १० एम्पुल, डिजेल्ब  १० एम्पुल, फेनेरागन १० एम्पुल, आईफोन मोबाईल एक थान, नोकिया मोवाईल एक थान र राजकुमार राई लेखिएको राष्ट्रिय बाणिज्य बैँकको चेक फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त १० पाना भएको चेकको रोशनकुमार कोईराला नाममा काटेको २० हजारको चेक एक थान र  नगद ५ हजार बरामद गरी खतिवाडालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।