Friday, February 7News That Matters

लागु औषाध अन्तराष्ट्रिय दिवसमा प्रभात फेरी

 

 

 गाईघाट/असार,११

“समृद्ध राष्ट्र निर्माणका लागि लागु औषाध रहित स्वास्थ्य जिवन” भन्दै लागु औषाध ओसार पसार बिरुद्ध अन्तराष्ट्रिय दिवस उदयपुरमा पनि प्रभात फेरी र्याली सहित धुमधामका साथ मनाईएको छ ।

। गृहमन्त्रालयको निर्देशन तथा जिल्ला प्रशासन कार्यलय, त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यलयको संयुक्त आयोजनामा देशै भरी यो दिवस मनाईरहँदा उदयपुरमा पनि र्याली सहित भव्यताका साथ मनाईएको हो ।

बुधबार सम्बन्धित निकायहरु जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय, नेपाली सेना, सशस्त्र प्रहरी वल, त्रियुगा नगरपालिका, महिला अधिकारकर्मी, युवा, विद्यार्थी, शिक्षक लगाएतको सहभागीमा र्यालीको आयोजना गरी गाईघाटको पिपलचोक स्थित दिवस मनाइएको हो ।

र्यालीमा बिभिन्न निकायहरु सहभागी भएका थिए । सामुदाय प्रहरी साझेदारी, नेपाल पूर्व प्रहरी संगठन उदयपुर, गाईघाट युवा समूह, सामूदायीक सेवा केन्द्र विद्यालय लगाएतले व्यानर सहित र्यालीमा सहभागी जनाएका थिए ।

यस दिवसको अवसरमा एकहप्ता देखी विद्यालय लगाएत अन्य प्रभावित क्षेत्रहरुमा लागु औषाध ओसारपसार विरुद्ध जनचेतना मुलक कार्यक्रहरु पनि गर्दै आईरहेका थिए । सो कार्यक्रमलाई दिवसमा सम्पन्न गरिएको छ ।

लागु औषाधको अवस्था बर्षेनी साडे ११ प्रतिशले बढिरहेको र ७ प्रतिशत यसैका कारणले समाजमा अपराध बढेको भन्दै यसको अन्त्य र न्युनिकरणका लागि अभियानको आयोजना गरिएको आयोजकले बताए ।

नगर प्रमुख बलधेव चौधरीले समाजमा जानीनजानी युवाहरु लागु औषाध दुव्र्यसनमा फसिरहेको बताए । बिभिन्न बाहानामा चाख्ने, देखासीकी जस्ता क्रियाकलापले दिनदिनै यसको नसामा पुग्ने र भविष्य तहसनहस बनाउने क्रम बढेको चौधरीले बताए । उनले यो न्युनिकरण तथा अन्त्य गर्न पुलिसले नगरपालिकाले मात्रै नभई आफैबाट सुरु गरी स्वास्थ्य र सभ्य समाज निर्माणमा जोड दिए ।

यस्तै गरी जिल्ला समन्वय समितिका उपप्रमूख गंगा राईले उदयपुर लागु औषाधको क्षेत्रमा निकै व्यापक रहेको बताईन् । उनीले उदयपुर लागु औषाधका क्षेत्रमा जोखिमपूर्ण जिल्ला रहेको बताउँदै प्रभावित क्षेत्रहरुमा जनचेतनामुलक कार्यक्रमहरुलाई अझ जोड दिनु पर्ने बताईन् ।

यसै गरी जिल्ला प्रमुख अधिकारी धुर्ब बहादुर खड्काले लागु औषाध दुव्र्यसन सामाजिक समस्या रहेको बताए । उनले यो समस्याले धन जन र समाजलाई नै तहसनहस बनाउने बताए । समाजमा झगडा अपराध जस्ता क्रियाकलापको जड लागु औषाध दुव्र्यसन पनि एक प्रमुख कारण रहेको बताए । यसको नियन्त्रणमा बेलैमा सबैले होस पुराउनु पर्ने बताउदै यसको लागि सम्बन्धित निकायहरु सँग समन्वय गरी अघी बढ्ने पनि खड्काले बताए ।