Thursday, April 24News That Matters

लागूऔषधसहित दुई पक्राउ

पूर्णपुष्टि/कात्तिक १४ गते ।

उदयपुर-इलाका प्रहरी कार्यालय रामपुर ठोक्शिलाले लागूऔषधसहित दुई जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चौदण्डी नगरपालिका वडा नं. ४ का २५ बर्षिय चण्डीराज राई र सोही नगरपालिकाको वडा नं. ३ का अनुस मगर रहेको इप्रका इन्चार्ज प्रहरी निरिक्षक सुबास राईले बताए ।

पक्राउ परेकाहरुको साथबाट तीनसेट लागू औषध बरामद गरिएको उनले बताए । उनीहरुलाई आम्बासी गाउँको पुलबाट पक्राउ गरिएको जनाइएको छ ।

बेलका नगरपालिका वडा नं. २ मा पर्ने कोशीटप्पु क्षेत्रमा गाँजा नष्ट गरेको जनाएको छ । इप्रका रामपुर ठोक्शिलाबाट खटिएको टोलीले उक्त क्षेत्रबाट साढे पाँचसय बोट गाँजा नष्ट गरेको जनाइएको छ ।