Monday, June 22News That Matters

लागूऔषध कारोबारीमा संलग्न एक पक्राउ

पूर्णपुष्टि, वैशाख १३

सुनसरीमा लागुऔषध कारोबारमा संलग्न रहेको एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१६ का २३ वर्षीय निखिल जोशीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

उनले धरान–२ भानुचौक स्थितमा चिया पसल गरी बस्ने र लागूऔषध समेत विक्री बितरण गर्ने गरेको सुचना पाए लगतै आईतबार बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली जोशीको चिया पसलबाट लागूऔषध स्पास्मो प्रोक्सीभोन आर प्लस–६०० ट्याब्लेट बरामद गरेको थियो । बरामद गरिएको लागूऔषधसहित उनलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।