Tuesday, March 25News That Matters

लागू औषधसहित चार पक्राउ

पूर्णपुष्टि/गाईघाट, फागुन १७ गते

-गाईघाट शिवालयटोलस्थित होटल कोहवर छेउबाट बिहीबार लागू औषधसहित चार युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० का २३ वर्षीय भिषण राई, सोही ठाउँका २० वर्षीय विशेष मगर, त्रिनपा ११ का २१ वर्षीय निराजन खत्री र सोही ठाउँका २० वर्षीय किशोर मगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी गस्ती टोलीले लागू पदार्थ लुपिजेसिक, फेनार्गन र डाईजोल्यापसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिबन्धित लुपिजेसिक ५ थान, फेनार्गन ४ थान र डाईजोल्याप ५ थान गरी १२ थान लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।

उदयपुरमा यस आर्थिक वर्षमा १ सय ३० भन्दा बढीलाई लागू औषधमा पक्राउ परेका छन् भने ६७ जनालाई मुद्दा चलाईएको प्रहरी तथ्यांक छ ।