
उदयपुर, साउन ३ गते ।
मिस्टर एण्ड मिस लिटिल आईकनको दोस्रो संस्करणका लागि गाईघाटमा अडिशन हुदैछ । साउन १० देखि ३२ गतेसम्म हुने प्रतियोगिताका लागि साउन ४ गते पहिलो अडिशन गाईघाटमा राखिएको हो ।
आयोजक ताल डान्स हाउसका सञ्चालक मिथुन ठाकुरले पहिलो अडिशन शनिबार बिहान १०ः०० बजेदेखि गाईघाटको जगतभवनस्थित ताल डान्स हाउसकै हलमा हुनेछ ।
ताल डान्सको सातौ वार्षिकोत्सवकै अवसर पारेर साउन ३२ गते प्रतियोगिताको ग्राण्ड फिनाले राखिएको पनि सञ्चालक ठाकुरले जानकारी दिए । सहभागीमध्ये विजयी र फस्र्ट रनरअप र सेकेन्ड रनरअपले ट्रफि, क्राउन र आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्नेछन् भने उत्कृष्ट १० जनाले तीन महिने निशुल्क नृत्य प्रशिक्षणको मौका पाउनेछन् ।