
पूर्णपुष्टि, उदयपुर, चैत १९ गते
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सदस्यमा निर्बाचित भएका छन् ।
महासंघको दोस्रो महाधिवेशनबाट सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षताको ३७ सदस्यीय नयाँ कार्यसमितिमा राई केन्द्रिय सदस्य निर्बाचित भएका हुन् । सपथ ग्रहण र समापन लगत्तै भोली आफ्नो गाउँपालिकाको गुरुयोजना निर्माणार्थ हुन लागेको विज्ञसहितको बृहद कार्यशालाका लागि बाटो लागेको राईले बताएका छन् ।
तीनदिनसम्म काठमाडौंको बबरमहलमा सन्चालन भएको महाधिवेशनको नयाँ कार्यसमिति घोषणा कार्यक्रम त्रिपुरेश्वरमा भएको थियो । महाधिवेशनले स्थानीय तहको विकास, समृद्धिसंगै सिंगो राष्ट्र विकासमा टेवा पुर्याउने कार्यक्रमहरु गर्ने प्रतिबद्धतासहितको घोषणापत्रसमेत जारी गरेको जनाएको छ ।