
पूर्णपुष्टि, जेठ ४ ।
जिल्लाको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाको ३ वडामा कोरोना संक्रमण देखिएको छ । ५ वडा रहेको पालिकाको वडा नं. १ बाँसबोटे, वडा नं. २ ताम्लीछा र वडा नं. ५ जाँतेमा संक्रमण देखिएको हो । तीनवडामा जम्मा १३ जना संक्रमित पुष्टि भएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार बाँसबोटेमा सबैभन्दा बढि १० जना, ताम्लिछामा २ र जाँतेमा १ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु मध्ये १ जना उदयपुर कोभिड अस्पताल बेल्टारमा उपचारपछि निको भई फर्किसकेका छन् ।
संक्रमितहरुको हाल पालिकाको सदरमुकाम बाराह स्थित महेन्द्र माध्यामिक विद्यालयमा बनाइएको आइसोलेशनमा राखि उपचार भइरहेको छ ।
पालिकाले उक्त विद्यालयमा १२ बेडको आइसोलेशन बनाएको छ । एकजना एमबीबीएस डाक्टर उमेश कार्कीसहितको स्वास्थ्यकर्मी टोली ब्यवस्था गरिएको छ । पालिकामा पाँचवटा अक्सिजन शिलिण्डर तयारी अवस्थामा राखिएका छन् ।
पालिकाभित्र संक्रमण फैलिएसंगै हिड्डुल, जमघट जस्ता कुरामा बन्देज लगाएको छ । पालिकाले कडाईका साथ जिल्लाको निशेधाज्ञ पालना गर्न पालिकाबासीलाई अपिल गरेको छ । साथै स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ ।
