Friday, February 7News That Matters

लिम्चुङबुङ गापालाई समृद्ध र नमुना बनाउन कार्यशाला हुने, सहभागिताका लागि सबैलाई अनुरोध

पूर्णपुष्टि/उदयपुर, चैत १५ गते


-लिम्चुङबुङ गाउपालिकाले आप्mनो ठाउँमा जन्मिहुर्की विभिन्न कामको सिलसिलमा देश, परदेश वा बाहिर रहेका सबैलाई गाउँपालिकाको चिन्तन, मनन्का लागि उपस्थितिको लागि अनुरोध गरेको छ । सबैको सपना, सोच, विचार र योजना समेतलाई समेटेर गाउँपालिकाको गुरुयोजना बनाउने लक्षका साथ आगामी चैत २० गते सहभागि भईदिन अनुरोध गरेको हो ।

कार्यशालाको माध्यमबाट सम्भावनाहरुको उजागर गरी गाउँपालिकालाई समृद्धिको बाटोमा अग्रसर पार्न विविध क्षेत्र र विज्ञहरुको सहभागितामा कार्यक्रम गर्न लागिएको गाउपालिका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । गाउँपालिकालाई कसरी समृद्ध र नमुना पार्न सकिन्छ भन्ने मुख्य ध्येयका साथ कार्यशालामा व्यापक छलफल, विचार गोष्टि र लिखित प्रतिबद्धता नै गरिने उहाँले बताउनुभयो । सबैको भावना, सोच, विचार र योजनालाईसमेत समेटेर बनाइएको गुरुयोजनाले गाउँपालिका समृद्धिको बाटोमा अग्रसर हुने र नमुना गाउँपालिका बन्ने विश्वासका साथ आयोजित कार्यक्रमको भव्य तयारी भईहेको जनाइएको छ ।

देशभित्र रहेकालाई प्रत्यक्ष सहभागि भईदिन र विदेशमा रहेकाहरुलाई सामाजिक सञ्जालबाटसमेत सहभागि भईदिन अनुरोध गरिएको प्रकाशकीय अधिकृत भक्तबहादुर राईले बताउनुभयो । गाउँपालिकाको पर्यटकीय, कृषिको सम्भावना, सडक, विजुली, खानेपानी, सञ्चार जस्ता विकास पूर्वाधार, धार्मीक एवम् सांस्कृति क्षेत्रको जगेर्ना, शिक्षा, स्वास्थ्यको ग्यारेण्टी, रोजगारीको अवसर, सामाजिक, आर्थिक, राजनीतिक पहुँच बृद्धि जस्ता सबै किसिमका सम्भावनालाई यथार्थमा परिणत गर्नका लागि कार्यक्रम सार्थक हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा राजनीतिक दलका साथै पूर्वाञ्चलका प्रख्यात कलाकार तथा परिकल्पनाकार विक्रमश्री, उदयपुरका अग्रज साहित्यकार पुण्य कार्की, साहित्यकारहरु, कलाकारहरु, पत्रकार, नागरिक समाज, संघसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । लिम्चुङबुङ गाउँपालिकाभित्रमै जम्नेर विभिन्न काम र क्षेत्रको सिलसिलमा छरिएर रहेकाहरुको विशेष सहभागिता रहने बताइएको छ ।