Friday, February 7News That Matters

लिम्चुङबुङ र ताप्लीमा हेलिबाट खाद्यान्न ढुवानी हुने

उदयपुर, साउन ८ गते ।

प्रदेश विपद व्यवस्थापन समितिको बुधबार बसेको बैंठकले उदयपुरको कणाली पालिकाहरु लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा खाद्यान्न संकट टार्न हेलिकप्टरबाट ढुवानीको प्रवन्ध मिलाउने निर्णय गरेको छ । 

समितिका अध्यक्ष एवं आन्तरिक मामिला तथा कानुन मञ्त्रालयका मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्ष्तामा बसेको बैंठकले यस्तो निर्णय गरेको लिम्चुङबुङका अध्यक्ष मेजरकुमार राईले बताए । राहतस्वरुप प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराउने र ढुवानीका लागि हेलिमार्फत नेपाल सरकार गृह मञ्त्रालयको सहयोग रहने उनले बताए । 

पालिकाहरुमा अबरुद्ध बाटो प्रदेश भौतिक पूर्वाधार विकास मञ्त्रालय र संघीय भौतिक पूर्वाधार मञ्त्रालयको समन्वयमा ममंत सम्भारको कार्य तत्काल अघि बढाउने निर्णय भएको पनि उनले बताए ।

निर्णय पत्र