Friday, February 14News That Matters

लिम्चुङ्बुङमा १ सय ३७ घरलाई राहत वितरण

उदयपुर, साउन १६ गते ।

उदयपुरको क्षेतीग्रस्त क्षेत्र पालिकामा खडेरी र बाढी पहिरो पिडितलाई राहत वितरण गरेको छ । लिम्चुङ्बुङ गाउँपालिकाका १ सय ३७ घर खडेरी र बाढी पहिरो पितिलाई विहिबार राहत वितरण गरिएको हो ।

लामो खडेरी पछि परेको अविरल वर्षाले जिल्लाकै कर्णाली भनेर चिनिने गाउँपालिकासम्म पुग्ने सडक र गाउँघरमा पूर्ण रुपमा क्षती पु¥याएपछि संघिय गृह मन्त्रालयद्धारा नेपाली सेनाको हेलिक्पटरबाट प्रदेश सरकारले उपलब्ध गराएको राहत पालिकासम्म पु¥याईएको थियो ।

खडेरी र बाढी पहिरोले पूर्ण क्षती गरेको एक सय ३७ घर परिवारलाई ३७ केजी चामल, डेढ केजी दाल, एक केजी नुन र आधा लिटर तेल वितरण गरेको लिम्चुङ्बुङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर राईले बताए ।

खडेरी र बाढी पहिरोबाट ग्रसित विपन्न र खाद्य संकटमा परेका उक्त घर पिरवारलाई एक महिनाको लागि पुग्ने राहत खाद्यन्न वितरण गरिएको प्रमुख प्रशासकिय राईले बताए । सडक संचालनको लागि सम्बन्धित निकायसँग समन्वयन भई रहेको पालिकाले जनाएको छ ।

बाढी पहिरोले घर भत्काई विस्तापित भएका र खडेरीले खाद्यन्न संकट भएका पालिकाबासीको पहिचान गरी राहत वितरण गरेको प्रमुख प्रशासकिय राईले बताए । ४१ क्विन्टल १० केजी चामल, २ सय ५० केजी दाल, १ सय ५० केजी नुन र १ सय ३० लिटर तेल हेलिकप्टरद्धारा पु¥याएको थियो ।

खडेरीले बारीमा लगाएको सवै अन्न पात नष्ट गरेपछि विपन्न, आर्थिक स्रोत नभएका, खाद्य संकमा परेको र अविरल वर्षाले आएको बाढी पहिरोले विस्थापित गरको घरपरिवारलाई राहत वितरण गरिएको पालिको जनाएको छ ।

बाँकि खाद्यन्न सडक मर्मत पश्चात यातायातद्धारा पालिका ल्याई वितरण गरिने पालिकाले प्रमुख प्रशासकिय राईले बताए । हेलिकप्टरले दुई पटक पालिकामा राहत ल्याएको थियो भने एक पटक ताप्लि गाउँपालिकामा पु¥याएको थियो ।