
सोलुखुम्बु, कात्तिक २५ गते ।
नेपाल भ्रमणका लागि आएका फ्रान्सेली एक नागरिकको लेक लागेर मृत्यु भएको छ । गत कात्तिक १८ गते सोलुखुम्बु पुगी खुम्बु पासाङल्हामु गाउँपालिका–४ को चोयुभ्यूलज एण्ड रेष्टुरेण्टमा बास बसेका २८ वर्षीय मार्रोन गाईटन लुईसको मृत्यु भएको हो ।
लुईसलाई लेक लागेर विरामी भएपछि स्थानीय प्राथमिक उपचार केन्द्रमा उपचार गर्ने क्रममा गतराती करिब १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । शव परिक्षणको लागि सिम्रिक एयरको हेलिकोप्टर मार्फत काठमाण्डौँको त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
