Friday, May 22News That Matters

लेबनानका प्रधानमन्त्रीद्वारा राजीनामा

पूर्णपुष्टि, असोज ११ 

लेबनानका प्रधानमन्त्री मुस्तफा अदीबले राजीनामा को घोषणा गर्नुभएको छ । नयाँ मन्त्रिमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै उहाँले राजीनामा दिनुभएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
लेबनानमा पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिएको छ । सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले आफ्नो प्रयास विफल भएपछि राजीनामाको घोषणा गर्नुभएको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्रि अदीबले टेलिभिजन सम्बोधनमा सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न भएको छ ।
लेबनानको राजधानी बेरुत शहरको बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १ सय ९० जनाको मृत्यु भएको थियो । विस्फोटमा हजारौँ व्यक्ति घाइते भएका थिए ।

अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न नयाँ मन्त्रिपरिषद् गठन गर्न दबाब थियो ।