Tuesday, June 9News That Matters

लोत्से मलबाट मोबाइल लुट्ने १५ जना पक्राउ, अधिकां‌श चालक र सहचालक

पूर्णपुष्टि,फागुन ४ । गत सोमबार गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा संचालित लोत्से मल लुटपाटमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभी फुटेजको अध्ययनमा अधिकांश बसका चालक र सहचालक नै संलग्न रहेको पाइएको छ ।

यातायात मजदुर र व्यवसायीको आन्दोलनका क्रममा मल भित्र प्रवेश गरेर मोबाइल पसल तोडफोड र मोवाइल चोरी गर्दै गरेको भिडियोमा देखिएका मुख्य व्यक्तिहरुलाई पक्राउ गरिसिकिएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौले जनाएको छ । प्रहरीका अनुसार यस घट्नामा संलग्न अन्यको खोजी भइरहेको जनाइएको छ । भिडियोमा ३० जनाभन्दा बढी मानिसले मोवाइल पुसलबाट मोवाइल बाकेर बाहिर निस्कँदै गरिएका दृष्य सामाजिक संजालमा आएको सीसी टीभीमा देखिएको छ ।

पक्राउ पर्ने चालक र सहचालक बाइसधारा र तारेश्वकर यातायातका भएको खुलेको छ । सोही दिन माछापोखरी क्षेत्रमा प्रहरीको दुई वटा गाढीमा समेत आगजनी गरिएको थियो । आगजनी र मोवाइल लुटपाट घटनामा संलग्नताको आरोपमा अहिलेसम्म १ महिला संगीता परियारसहित १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । अन्यको खोजी भइरहेको जनाइएको छ ।