
उदयपुर, जेष्ठ २७ गते ।
वडा अध्यक्षको पहलमा दुर्गम गाउँका जनतालाई सेवा दिने उद्देश्यले एक गाउँपालिकाले दुई वडालई एम्बुलेन्स प्रदान गरेको छ ।
दुर्गम गाउँका मानिसहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै रौतामाइ गाउँपालिकाले ४ र ५ नम्बर वडालाई एम्बुलेन्स प्रदान गरेको हो ।
वडाको पहलमा पालिकाले एम्बुलेन्स प्रदान गरेको हो । पालिकाको ५ नम्बर वडाको आँपटार स्वास्थ्य चौकी र ४ नम्बर वडाको मालबासे स्वास्थ्य चौकीको लागि एम्बुलेन्स प्रदान गरिएको पालिकाले जनाएको छ ।
भौगोलिक विकटताले गर्दा स्थानिय जनताहरुले उपचार गराउन नपाई अकालमा ज्यान जाने भएको यस्ता भौपरि आउने समस्याको समाधान गर्ने उद्देश्यका साथ एम्बुलेन्स प्रदान गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।
बच्चा जन्माउने, रुख, भिरबाट लडेर हुने विरामी लगायतका आपतकालिन विरामीहरुलाई छिटो छरितो ढङ्ले समयमै राम्रो उपचार गराई ज्यान जाने जोखिमबाट बचाउनका लागि एम्बुलेन्स उपलब्ध गराएको अध्यक्ष खड्काले बताए ।
आफ्नो पहलमा पालिकाले एम्बुलेन्स उपलब्ध गराएपछि स्थानिय जनता खुसी भएका छन् । भौपरी आउने विरामीलाई समस्या आउन नदिने रौमाई गाउँपालिका – ५ वडाध्यक्ष पाण्डव राईले बताए । जिल्लाबाट एम्बुलेन्स बोलाउदा खर्च बढी र समय धेरै लाग्ने भएकाले वडामै भएपछि वडाबासीलाई सहज भएको अध्यक्ष राईले बताए ।
गाईघाटबाट वडा पुग्न हिउँदमा करिब ३ घण्टा र वर्षामा ४ घण्टा लाग्ने गर्दछ । जिल्लाबाट मगाएको एम्बुलेन्सले करिब १० हजार भाडा लिने गरको छ भने वडाको एम्बुलेन्सले सौलियत भाडा दरमा विरामीलाई अस्पताल सम्म पु¥याउने अध्यक्ष राईले बताए ।
हिजोका दिनमा उपचार नपाएर स्थानिय जनताहरु मर्ने समस्या अव हटेको छ । वर्षेनी करिब २÷३ जना उपचार नपाएर ज्यान जाने गरेको अध्यक्ष राईले बताए । सदरमुकाम गाईघाटबाट एमबुलेन्स मगायो एम्बुलेन्स आई नपुगी नै विरामीको ज्यान गईसक्ने गरको उनले बताए ।
सुरुवाती समयमा केहि सौलियत दरमा भाडा लिएपनि आर्थिक सुधार भएपछि बृद्ध र बच्चा जन्माउने विरामीहरुलाई निःशुल्क गर्ने लक्ष्य लिएको अध्यक्ष राईले बताए । अहिले पनि विरामीको अवस्था र पारिवारीक अवस्था हेरेर एम्बुलेन्स सेवा उपलब्ध गराउने उनले बताए ।
एम्बुलेन्सले वडामा मात्रै नभइ पालिकाका अन्य वडाहरु र छिमेकी पालिका अनि छिमेकी जिल्लाको केहि भुभागका जानतालाई समेत सेवा दिने अध्यक्ष राईले बताए । एम्बुलेन्स खाली रहेको बेला सँगै सिमाना जोडीएका खोटाङ जिल्लाको बाराहा गाउँपालिका, खोटेहाङ् गाउँपालिकाको दुर्गम गाउँ बस्तीका जनताहरुलाई समेत सेवा दिने अध्यक्ष राईले बताए ।
गाउँ गाउँमा सडक गोरेटो पुगेका भएपनि हिउँदमा मात्रै गाडी चल्ने भएकाले वर्षायाममा बाटो भत्किनाले एम्बुलेन्स सेवामा असर पार्ने अध्यक्ष राईले बताए । तर गाईघाट–दिक्तेल सडक संचालनमा आयो भने वडा सम्म जसरी भएपनि एम्बुलेन्स संचालन गर्ने उनले बताए ।
स्वास्थ्य चौकीमा प्राथमिक उपचार मात्रै हुने भएकाले गम्भिर रुपको विरामीहरुलाई सदरमुकम देखि बाहिर सम्म लैजान यातायातको समस्या झेल्दै आएको स्थानियहरुले ताएका छन् । स्थानिय सरकार आएपछि दुर्गम गाउँमा सडक गोरेटो पुगेको भएपनि एम्बुलेन्स सेवा नहुदा स्थानियबासीहरुको अकालमा ज्यान जाने गरको थियो । गाउँघरमा विरामी हुदा डोको, झोलुङ्गामा मानिसले बोकेर घण्टौँको बाटो लगाई गाडीको पहुच भएको ठाउँ सम्म पु¥याउनु पर्ने बाध्यता रहेको स्थानियबासीहरुले बताएका छन् ।
विरामीलाई बोकेर गाडीको पहुच भएको ठाउँ सम्म पु¥याई सार्वजनिक गाडीमा कोचिएर सदरमुकाम लगायतका अस्पताल सम्म पु¥याउनु पर्ने बाध्यता एम्बुलेन्स सेवा संचालन भएपछि हटेको रौतामाई गाउँपालिकाका प्रेस संयोजक सिताराम राईले बताए ।
एम्बुलेन्स सेवा नभएकाले गत वैशाखमा ५ नम्बर वडाका एक जना स्थानियबासीको ज्यान गएको थियो । अचान विरामी भएपछि गाईघाटबाट एम्बुलेन्स मगाएको भएपनि एम्बुलेन्स नपुगी नै विरामीको ज्यान गएको संयोजक राईले बताए । समयमा उचार नपाउँदा वर्षेनी धेरै जनाको ज्यान जाने गरको उनले बताए ।
पालिकाले पहिला नै एक वटा एम्बुलेन्स किने भएपनि भौगोलिक विकटाले गर्दा सवै क्षेत्रमा सेवा प्रवाह गर्न सकेको थिएन । दुइ वटा वडालाई एम्बुलेन्स उलब्ध गराएपछि पालिकामा तीन वटा एम्बुलेन्स संचालनमा आएको पालिकाले जनाएको छ । पालिकालाई प्रदेश सरकारको सहयोगमा एउटा एम्बुलेन्स चाँडै आउदै गरेकाले ४ वटा एम्बुलेन्स भएपछि पूर्ण रुपमा जनताको सेवा दिन सकिने पालिकाले जनाएको छ ।
६ र ८ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र समेत संचलानमा आएकाले केहि उपचार यहि पनि हुने भएका छ । जनताको स्वास्थ्यमा सुधार ल्याउन र भौपरि आउँदाको अवस्थामा उपचारको लागि एम्बुलेन्सको आवश्यकता थियो । त्यस कुरालाई विशेष ध्यानमा राखि पालिकाको करिब २० लाख आर्थिक बजेटमा एम्बुलेन्स खरिद गरिएको पालिकाले जनाएको छ ।