Monday, February 17News That Matters

वडा कार्यालयमा आगजनी

चितवन, साउन १७ गते ।

चितवनको एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । कालिका नगरपालिका – ३ को वडा कार्यालयमा विहान करिब ३ बजे अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

अज्ञात समूहको आगजनीबाट कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरल गायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको प्रहरील जनाएको छ । कार्यालयको झ्याल फोडेर प्रज्वलनशिल वस्तुको प्रयोग गरेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयमा लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा करिब साढे ३ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।