
पूणर्पुष्टि, बैशाख २८
त्रियुगा नगरपालिका वडा न. १६ ले मजदुर, सुरक्षाकर्मी, कर्मचारी र स्थानीय नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
मंगलबार वडा अध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधिहरुले बिभिन्न क्षेत्रमा काम गर्ने मजदुर तथा स्थानीय नागरिकहरु लगायत सुरक्षाकर्मी र कर्मचारीहरुलाई स्वास्थ्य सामागी्र वितरण गरेको हो ।
कोरोना संक्रमणका बिच पनि दैनिक रुपमा अवश्यक कामकार्वाही र निर्माण व्यवसायीको काममा खटिरेहका मजदुर, स्थानीय नागरिक र अग्रपंक्तिमा खटिएका सुरक्षाकमर्मी र कर्मचारीहरुलाई प्राथामिकतामा राखी स्वास्थ्य सामाग्री वितरण गरेको वडअध्यक्ष मानवहादुर राईले बताउनुभयो । स्वास्थ्य समाग्री वडा स्तरीय समितिको आयोजनामा वितरण गरिएको हो ।


