Wednesday, May 21News That Matters

वडा सदस्य मृत फेला

पूर्णपुष्टि/उदयपुर, असार ३२ ।

उदयपुरको उदयपुरगडी गाउँपालिका वडा नं. ३ का वडा सदस्य रामबहादुर लामिछाने मगर सोमबार मृत फेला परेका छन् । दुई दिन अघिदेखि हराईरहेका उनी खोजतलासको क्रममा स्थानीय साईपा खोलामा मृत अवस्थामा भेटिएको हो ।

खोलामा मृत भेटिएको खबर लगत्तै प्रहरी चौकी उदयपुरगडीको प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । मगर गत स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।