
एस किराँती
बसाहा, वैशाख ४ गते ।
उदयपुरको चौदण्डीगढीमा जारी वडा स्तरीय खेलमा वडा नं ३ ले उपाधी चुमेको छ । बसाहा क्लवको आयोजनामा नारदमुनी रंगशालामा भएको खेलमा ४–३ गोलले पछि पार्दै ३ नं वडाले उपाधी चुमेको हो ।
चैत्र २५ गतेबाट सुरु भएको खेलको फाईनल खेलमा वडा नं ३ र ४ विच खेल भएको थियो । ९० मिनटको निर्धारीत खेलमा दुवै टिमले गोल गर्न नसके पछि खेल ट्राईब्रेकरमा गएको थियो । ५/५ जनाको सुटआउटमा वडा नं ३ ले ४ गोल र वडा नं. ४ ले ३ गोल मात्रै गरेको थियो ।
वडा नं ३ बाट गोल गर्ने समन राई, दिवस राई, आकाश राई र सुजन राईले गोल गरेको थियो । भने ४ नं बाट नवल तामाङ, पवन कार्की र नदिम राईले गोल गरेका थिए ।
उक्त उपाधी हात पारेका ३ नम्बरकै गोल रक्षक प्रदिप श्रेष्ठ उत्कृष्ठ गोल रक्षक घोषीत भएको छ । भने ३ कै अभिनास राई बेस्ट डिफेन्डर घोषीत भएको थियो । बेस्ट प्लेयर ४ नम्बरको प्रेरित मगर घोषीत भएको हो ।
नगर प्रमुख खगेन्द्र राईले विजेत र उपविजेता टिमलाई नगद १५ हजार, मेडल र ट्रपी र नगद ७ हजार ५ सय, मेडल र ट्रफी प्रदान गरिएको थियो ।