Monday, June 29News That Matters

वन फडानी छानबिन उपसमिति गठन

पूर्णपुष्टि, असार ५ गते ।

वन फडानी अध्ययन उपसमित गठन भएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वन फाडानी अध्ययन गर्न समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

वैज्ञानिक वन व्यवस्थापनको नाममा वन फडानी भइरहेको भन्दै त्यसबारे समितिले अध्ययन उपसमित गठयन गरेको जनाएको छ । समितिमा नेकपाका सांसद प्रेम आले मगर र कांग्रेस सांसद मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनको समय दिइएको छ ।

उपसमितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा हुने गरेको वन फडानीबारे अध्ययन गरेर समितिलाई प्रतिवदन बुझाइने जनाएको छ ।

अधिकांश ठाउँमा वन व्यवस्थापनको नाममा वन फाडानी भइरहेको र त्यसबाट राजस्वमा चलखेल भएको भन्दै समितिले अध्ययन गर्न उपसमिति गठन गरेको हो ।