Monday, June 8News That Matters

वर्षाले बाटो अवरुद्ध हुँदा ताप्लेजुङमा विद्यालय बन्द

पूर्णपुष्टि,असार ७ । ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ । निरन्तर वर्षा संगै आएको बाढीपहिराका कारण विद्यालय सम्म जानेबाटो अवरुद्ध भएकाले विद्यालय आवत जावत गर्ने अवस्थानहरेकाले सिदिंवा र सिरिजंघा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो ।

शुक्रबार, शनिबार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजंगा गाउँपालिका(८ आम्फुदीनका रहेको कञ्चजंघा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ। सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजंघा गाउँपालिकाका शिक्षा शाखाले जनाएको।

बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजंगा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए । यस गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ । बाढीपहिराका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।

सिदिंवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र बेघाका अनुसार ३९ विद्यालयमा३ हजार १ सय विद्यार्थी अध्ययनरत रहेका छन्। तर अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको बेघाले बताए ।

बाढीपहिराका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ। निरन्तर वर्षा र बाढीपहिराले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा यांवरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ ।