Friday, October 4News That Matters

वाभोछा समाजको पिकनिकमा, पन्ध्रौं वर्ष पुरानो चिनजानले खुसीयाली

भोटराज राई/उदयपुर
पूर्णपुष्टि/मंसीर २ गते

आफ्ना बंशीयारी दाजुभाइ तथा छोरीचेलीहरुसंग चिनजान गर्ने उद्देश्यका साथ चामलिङ राई वभोछा समाज, बेल्टारले शनिबार पिकनिक कार्यक्रम सम्पन्न गरेको छ ।

समाजसेवी एवम् वाभोछा समाजका अगुवा बलधन राईका अनुसार बेल्टार र आसपासका क्षेत्रमा बसोबास गर्ने वाभोछाहरु समेटिएर कार्यक्रमको आयोजना गरिएको हो । सप्तकोशीको चतरापुलको पिकनिक स्पोर्टमा आयोजित कार्यक्रममा छोरीचेलीहरुलाईसमेत विशेष परिचयको लागि निम्त्याईएको थियो । चौदण्डीगडी नगरपालिकाको बेल्टार र बेलका नगरपालिकाको सुफाडे, रामपुरठोक्शीला लगायतका दाजुभाइ तथा छोरीचेलीको जमघट भएको थियो ।

वाभोछा समाज उदयपुर जिल्ला अध्यक्ष प्रकाश राईको विशेष उपस्थिति रहेको कार्यक्रममा दश÷पन्ध्र बर्ष पुरानो चिनजानका दाजुभाइ तथा छोरीचेलीबीच भेटघाट र चिनजान हुदा खुसी छाएको सहभागिहरुले बताए ।

हावी आधुनिक संस्कारका कारण आप्mना दाजुभाइ तथा छोरीचेलीबीचको चिनजान टाढिदै गएको र आप्mना भेषभुषा, धर्म, संस्कार, संस्कृति हराउदै गएकोले त्यसप्रति सचेत हुन आव्हानसहितको चिनजान कार्यक्रम गरिएको अगुवा बलधनले बताउनुभयो । त्यसबाट सबैभन्दा बढि पछिल्लो पुस्ता प्रभावित भइरहेको कुरालाई मध्येनजर गर्दै कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार वाभोछा भन्नाले राई जाती अन्तर्गत चामलिङभित्रको एउटा पाछा हो । एउटै पाछाबीच बंशीयारी नाता कायम हुन्छ, विवाहबारी चल्नुहुदैन । दाजुभाइको बंशीयारीबीच त्यहि विवाह जस्ता अनर्थ दुर्घटना नहोस् भन्नाको खातिर चिनजान र खोजिनिति बढाउने उदेश्यले वाभोछाहरु संगठीत हुदै बेलाबेलामा यस्ता सिर्जनशिल कार्यक्रम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0