Tuesday, March 25News That Matters

वार्षीक प्रगति विवरण सार्वजनिक

उदयपुर, पुस १३ गते ।

उदयपुरका भुमिअधिकार मञ्चको वार्षीक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

भुमिअधिकार मञ्च उदयपुरले वार्षीक प्रगति विवरण विहिबार एक कार्यक्रम गरि सार्वजनिक गरेको हो ।

भूमिहीन तथा सुकुम्बासीको अधिकारको मात्रै आवाज तथा काम नगरि विपन्न समुदायका हितको लागि आर्थीक स्तर उकास्न विभिन्न आर्थीक उन्नतीको कार्यक्रमहरु संचाल गर्दै आएको छ ।

त्रियुगा नगरपालिका वडा नं ७ का गरिब परिवारलाई सुगुंर पालनका घोर निर्माण, त्रिनपा वडा नं ९ का मुसहर बस्तीमा तरकारी खेतीका लागि नगद सहयोग लगायतका प्रगति विवरण प्रस्तु गरिएको थियो ।

कार्यक्रम विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा भएको थियो ।