
पूर्णपुष्टि/गाईघाट, पुस ७ गते ।
नेपाल वार एशोसियसन इकाई उदयपुरको १४ औँ अधिवेशन तथा २३ औँ बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जनताको न्यायमा पहुँच पुर्याउन अदालतले न्याय सेवा प्रणालीको रफ्तारलाई अगाडी बढाएको बताए ।
उनले जिल्ला अदालतको कामकारवाहीमा केहि ढिलाई भएको स्वीकार्दै जनतालाई छिटो, छरितो र सहजरुपले न्याय दिलाउन आफु प्रतिवद्ध रहेको बताए । न्यायलयलाई जनताका विचमा भरपर्दो र विश्वसनिय बनाउन आफु लागि पर्ने भन्दै उनले दु्रत न्यायसँगै विश्वसनियता कायम राख्ने बताए ।
कार्यक्रममा प्रहरी प्रमुख एसपी नवराज भट्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, वरिष्ठ अधिवक्ताद्धय मोहनबहादुर कार्की, सुकराम श्रेष्ठ, पुर्वअध्यक्षहरु कृष्ण बस्नेत, वह्रमदेव चौधरी, मुरारी खड्का, श्यामानन्द चौधरी लगायतले बोलेका थिए ।
साधारणसभाले मौजुदा रहेको कार्यसमितिले गरेका कामकारवाही, प्रगतिका बारेमा समिक्षा गर्दै भावि योजनासमेत पारित गर्ने सचिब निरबहादुर राईले जानकारी दिए । सभामा जिल्ला सचिब राईले कार्यप्रगतिविवरण प्रस्तुत गरेका थिए ।
अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ । नेतृत्व चयनका लागि शनिबार समय तोकिएको जनाइएको छ । कार्यक्रम अध्यक्ष गणेशप्रसाद दाहालको अध्यक्षता, सचिब राईको सञ्चालन र पुर्वउपाध्यक्ष बिना पाण्डेको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । (पत्रकार भरत खड्काको सहयोगमा)