वालाम्तामा पनि दिखलीपाछाको वंशावली किताव विमोचन

उदयपुर/१८

रोदुङ चाम्लीङ दिखलीपाछाले आफ्नो वंश पुनर्मिलन तथा वंशवली किताव विमोचनको अभियान देशै भरी चलाएको छ । आफ्नो पाछाको खोज अनुसन्धान तथा पूर्नमिलन कार्यक्रम अन्तर्गत देशका बिभिन्न ठाउँहरुमा रहेको आफ्नो वंशहरुलाई पुर्नमिलन तथा वंशाली किताव विमोचनमा समिति अहिले लागि परि रहेको छ ।

वंशावली पुस्तक विमोचनमा तथा पुनर्मिलनमा दिखलीपाछाहरुको उत्साहजनक सहभागी ।     

सो अभियानमा आफ्नो वंशालीहरुलाई पुनर्मिलन तथा किताव विमोचन सँगै सोमवार उदयपुरको वालाम्ताामा पनि वंशालीहरुको पुस्ता विभाजन, ढोक भेट, खानपिन, चिनजान सँगै संस्कार संस्कृतिको बारेमा १ दिने कार्यक्रम चलाएको हो ।                                     वंशावली खोज अनुसन्धान तथा सहजीकरणका स्थानीय स्रोत व्यक्तिहरु ।

बिभिन्न ठाउँहरुमा ठुलो संख्यामा रहेको आफ्नो वंशहरुको वासोवास क्षेत्रमा यस्तो अभियान चलाईरहेको  रोदुङ चाम्लीङ दिखलीपाछ रोमिपोमी केन्द्रीय कार्यसमितिका उपाध्यक्ष विमल किरातीले बताए ।            अतिथि सम्मान १ नं प्रदेश का साम्सद राम प्रसाद राई (पासाङ) दिखुलीछा लगाएत अन्य अतिथिहरु ।

वालाम्ताको स्थित ठुलो सँङख्यामा रहेको दिखलीछाहरुलाइ सोममावार केन्द्रीय कार्यसमितिको टोलीले आफ्नो पुस्ता, वंश र पुस्तक प्रकाशनका विषयमा स्पष्ट पार्दै वंशालीहरुको वारेमा बताए । सात सय बर्ष पुरानो दिखलीछाको वंश भुसुरी र दिखलीपाछाको वंश दुई सहिदहरुलाई स्मरण गर्दै फोटो सार्वजानिक ।

करिव ५ बर्षको लामो खोजमुलक अनुसन्धान पछि देशैभरी रहेको आफ्नो वंशहरु कसरी र काहाँबाट छुटे कुन हाँगाको भन्ने कुराहरु प्रकाशन पुस्तकमा उल्लेख छ । अहिले सम्म ९ देखी १५ पुस्तासम्म आफ्नो वंश फेला परेको पनि उपाध्यक्ष राईले बताए ।

हरेक राईहरुले आफ्नो वंश खोज्नु पर्ने पनि समितिले सुझाएको छ । आज दिखलीपाछा मात्रै नभई यो लोपन्मुख अवस्थामा रहेको राईहरुको आफ्नो पछा सबै राईहरुले आफ्नो वंशको खोजी कार्य गर्नु अति नै महत्वपूर्ण रहेको समितिले बताए ।                                                      ७० बर्ष माथिका वंशहरुलाई सम्मान गर्दै 

वंशावली किताव सार्वजानिक गर्दै उदयपुरको गाईघाट, वालाम्ता, खोटाङको रतन्छा, खोटाङ र भोजपुरको सिमाना क्षेत्र, झापा, मोरङ, सुनसरी, पाँचथर र काठमाण्डौमा समेत कार्यक्रम रहेको समितिले बताए ।

                                                                            फोटा फिचर

                       ढोक भेट कार्यक्र  ।

                                                               सांस्कृतिक कार्यक्र । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: