
एस किराँती
चौदण्डिगढी, बैशाख १६ गते ।
उदयपुरको चौदण्डिगढीमा विजुलीको पक्कि पोल गाढ्न सुरु गरेको छ । चौदण्डिगढी नगरपालिका वडा नं. ३ को विभिन्न बस्तिमा विजुली विस्तार गर्नका लागि सिमेन्टको पक्कि पोल सोमबारदेखि गाढ्न सुरु गरेको हो ।
केहि महिना अगाडी नै पोल आईपुगेको भएपनि विभिन्न समस्याले गर्दा पोल गाढ्ने काम सुरु भएको थिएन । पोलको ठेक्का सोहन कन्ट्रक्सन प्रालीले पाएको थियो । कन्ट्रक्सन र सम्बन्धित निकाय सँग कागजपत्रका प्रक्रिया नमिलेकाले काम ढिलो भएको चौनपा– ३ का वडाध्यक्ष पर्शुराम राईले बताए ।
वडाको कुनै ठाउँमा समयमै पोल गाडिएकाले तार तान्न मात्रै बाँकी रहेको राईले बताए । वडामा आएका पोल स्थानिय सरकार, संसदिय कोष, विद्युत र वडाको बजेटमा पोल आएको राईले बताए । नगरपालिकाले २५ थान पोल सांसद डा. नारायण खड्काको संसदिय विकास कोषबाट १० लाख, विद्युत आरसीसिको १५ लाख र वडाको ५ लाख बजेटमा पोल ल्याएको राईले बताए ।
सवै पोलहरु आईसकेकाले काम सुरु गरेको एक हप्ता भित्र नै पोल गाढ्ने काम सक्ने गरि काम थालिएको सोहन कन्ट्रक्सन प्रा. लिका प्रोपाइटर बालकृष्ण श्रेष्ठले बताएका छ्न् ।
काटठको पोलबाट बत्ति बालिरहेका बस्तिमा पोल फेरीने भएको छ । पक्कि पोल गाढ्ने काम सुरु भएपछि स्थानियबासीहरु खुसी भएका छन् ।