
पूर्णपुष्टि, बैशाख ३
बालबालिकाहरुलाई कोभिड माहामारी बाट बचाउन तत्काल बिद्यालय बन्द गर्न संसदीय समितिले सरकारलाई निर्देशन गरेको छ ।
पछिल्लो समय छिमेकी देश भारत सँगै नेपालमा पनि कोरोनाले उच्च गति लिएको भन्दै समितिले यस्तो आग्रह गरेको हो । बालबालिकाहरु कोभिडको अति जोखिम माध्यम बन्न सक्ने भन्दै बिद्यालय बन्द गरी बैकल्पिक शिक्षा बाट अध्यान गराउन सरकारलाई समितिले निर्देशन गरेको हो ।
राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरूले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको हो ।
समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरुको सुझावलाई ध्यानमा राखेर अत्याधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाहरुको जीवनरक्षाका लागि तत्काल भौतिक उपस्थितिमा हुने सिकाई बन्द गरि अनलाइन वा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
