
साउन, ३० गते ।
लोडसेडिङ मुक्त भएपनि मोरङ, सुनसरीको औद्योगिक क्षेत्रमा केहि समयदेखि दैनिक १५ पटक भन्दा बढी विद्युत् कटौती हुन थालेको छ । यसरी पाँच–पाँच मिनेटमा विद्युत् आउने जाने गर्दा उद्योगीहरु मारमा परेका छन् ।
सरकारले ल्याएको कर नीतिले निराश बनेका उद्योगीहरु अघोसित विद्युत् कटौतीले झनै निराश बनेका छन् । ‘हाम्रो समस्या कहाँ पोखौं ?’ उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे प्रश्न गर्छन, ‘समृद्ध नेपाल, सुखी नेपाली ५ लाख युवालाई स्वदेशमै रोजगारी यसरी नै आउँछ ?’
यो समाचार आजको कारोबार दैनिकमा छापिएकोा छ ।
