उदयपुर, पुस १७ गते ।
उदयपुरको उत्तरबारी बस्तीमा विद्युतको भोल्टेज नपुग्दा विद्युत पुगे पनि अन्धाकारमा बस्न बाध्य भएका छन् ।
त्रियुगा नगरपालिका वडा नं ८ र ९ मा पर्ने उत्तरबारी बस्तीका बासिन्दाहरु २ वर्ष देखि विद्युतको भोल्टेज नपुग्दा अन्धाकारमा बस्न बाभएका हुन् ।
नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रमा पटक पटक निवेदन दिदा पनि वेवाश्था गरी दुई वर्ष देखि विद्युतको भोल्टेज नपुग्दा अन्धकारमा बस्न बाध्यभएकोले ध्यानकर्षण गराउन आएको समयोजक तथा पूर्व उप येयर रामबती चौधरीले बताईन् ।
विद्युत विस्तार गर्दा ४ फेजको लाईन लानु पर्नेमा २ फेजको मात्रै लगेको त्यसमा पनि टास्मीटर नराखी निकै टाढाबाट लगिएकोले बत्तिको आवश्यक परेको बेला बत्ति नबल्ने, गर्मीमा पंखा नचल्ने जस्ता समस्या भोग्दै आएको चौधरीले बताईन् ।
बस्तीको बासीन्दाहरुले दुई वर्ष देखि समस्या यस्ता समस्या खेप्दै आएका छन् । तर घरमा राखिएको मिटर बक्समा उठेको विद्युतको महसुल भने तिर्दै आएको चौधरीले बताईन् । चौधरीका अनुसार हिजो मात्रै कसैलाई पाएक नपर्ने ठाउँ खोला छेउमा एउटा टान्स्मीटर लगेर राखेको छ । उक्त टान्स्मीटर उपयुक्त ठाउँमा राखिनु पर्ने, ४ फेज लाईनको लाईन विस्तार गर्नु पर्ने जस्ता माग सहित ध्यानाकर्षण गराउन आएको चौधरीले बताईन् ।
सानो तिनो हावाहुरीले पनि ढल्न सक्ने पुरानो काठको जिर्ण अवस्थाको १०÷१५ वटा विजुलीको पोल फेर्नु पर्ने र सर्वसाधरणलाई सहज र सरल रुपमा विद्युत वितरण गर्नु पर्ने लगायतको माग गरेको तर विचार गर्ने जफाप आएको चौधरीले बताईन् ।
विद्युत वितरण कार्यालयले आफ्नो वडामा काम गर्दा कुनै किसिमको जानकारी र समन्वयन नगरेकोले जनताहरुले दुःख पाएको त्रिनपा वडा नं ८ का वडा अध्यक्ष कमल कुमार राउतले बताए ।
नयाँ बस्ती तथा विद्युत नपुगेको टोलमा वडा कार्यालयले पोलको व्यावस्था गरेको भएपनि पुरानो काठको पोललाई विद्युत कार्यालयले नै फेर्नु पर्ने राउतको भनाई रहेको छ । राउतले भने हामी सँग समन्वयन गरेको भए कुनै किसिमको समस्या आउने थिएन तर एकलौटी काम गर्नाले जनतालाई ठूलो सास्ती खेपाएको आरोप लगाएको छ ।
विद्युत प्रसारण लाईन पु¥याए पनि भोल्टेज पु¥याउनलाई टान्स्मीटर नराख्दा माटेखोला, बगरटोल, साईखोला लगायतका थुप्रै नरपालिकाको बस्तीहरुका सर्वसाधरण जनताले विद्युतको समस्या भोग्दै आएको राउतले बताए ।
पटक पटक निवेद तथा मौखिक रुपमा जानकारी गराउदै आएपनि सम्बन्धित निकायले वास्था नगरेको उत्तरबस्तीका सर्वसाधरण सर्वन चौधरीले बताए । बत्ति नबले पछि सिचाई नर्ग ल्याएको मोटर तेतिकै थन्किएर बसेको चौधरीले बताए ।
बेलुका बत्ति बल्दैन, राती १२ बजे पछि बल्छ त्यति बेला के गर्नु, गर्मीमा पंखा चल्दैन विद्युतको नाम मात्रै भएको छ चौधरीले बताए । चौधरीले भने विद्युतको महसुल भने महिनै पछि तिरीराको छौँ तर विद्युत बल्दैन ट्रान्स्मीटर खोलामा राखेको छ । अव पनि हाम्रो बस्तीमा बत्ति बलेन भने शसक्त आन्दोलन नै गर्ने चौधरीले बताए ।