Wednesday, June 10News That Matters

विद्युत प्राधिकरणको कर्मचारी बलत्कारको आरोपमा पक्राउ

पूर्णपुष्टि, पौष २२

बलत्कार प्रयास गर्ने बिद्युत प्राधिकरणका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बेलबारीस्थित विद्युत प्राधिकरणका कर्मचारी ४० बर्षिय लेखनाथ रिजाललाई प्रहरीले पक्राउ गरेका हो ।

सुन्दरहरैँचा नगरपालिका–२ निवासी रिजाललाई बलत्कार प्रयासको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार रिजाल प्राधिकरण बेलबारी शाखाका मिटर रिडर रहेको जानकारी दिनुभएको छ ।

रिजालले प्राविधिकरणले खटाएको ठाउँमा मिटर रिडिङ गर्न जाने क्रममा बेलबारीकी १३ बर्षिया बालिकामाथि बलत्कारको प्रयास गरेको प्रहरीमा उजुरी आएको छ ।

बालीका एक्लै भएको अवस्थामा रिजालले जवरजस्ती गर्न खोजेको भन्दै किटानी जाहेर पश्चात प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि म्याद थपी अनुसन्धान अघि बढाएको बेल्बारी प्रहरीले जानकारी दिए ।