Wednesday, June 17News That Matters

विद्रोही समूहमाथि अमेरिकी सेनाको हवाई आक्रमण

पूर्णपुष्टि, फागुन १५ 

सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा अमेरिकी सेनाले हवाई आक्रमण गरेको छ । यसबारे अमेरिकी रक्षा एजेन्सी पेन्टागनले जानकारी दिएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।

इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको जनाईएको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीको लागि निर्देशन दिएको यो पहिलो पटक हो ।

पेन्टागनले इराकमा अमेरिकी गठबन्धन सेनाको आक्रमणको जवाफ स्वरुप अमेरिकी सेनाले हमला गरेको जनाईएको छ । यो महिना एक अमेरिकी ठेकेदार रकेट हमलामा मारिएका थिए ।

फेब्रुअरी १५ मा, इरबिलमा एक सैनिक क्याम्पमा आक्रमण भएको थियो जसको नेतृत्व अमेरीकी सेनाले गर्दै आएको थियो । त्यो आक्रमणमा एक अमेरिकी अधिकारी र पाँच ठेकेदार घाइते भएका थिए । यसअघि बग्दादमा रहेको अमेरिकी दूतावासमा इरान समर्थित सेनाले रकेट हमला गरेको जनाईएको छ ।