Friday, February 14News That Matters

विपक्षीको ३ नं. विदेशी खेलाडीलाई छेक्ने सशस्त्रको रणनीति सफल : कोच सुदिप

उदयपुर, जेठ ३२ गते

छैठौं रमपम उदयपुर गोल्डकपमा विपक्षी टिम सशक्त हुँदाहुँदै पनि नेपाल सशस्त्र प्रहरी क्लवले शनिबार जीत हात पारेको छ । २–१ को अन्तरले क्लवले जीत हात पारेको हो । तीनजना विदेशी खेलाडी रहेको न्यूस्टार क्लव सुनसरीलाई पराजित गरेर खेलयात्रा तय गरेको हो ।

सुरुदेखि नै बललाई नियन्त्रणबाहिर जान नदिनु, विपक्षी टिमको विदेशी खेलाडी ३ नं. स्ट्राईकरलाई चल्न नदिने रणनीति लिनु र खेलाडीको मेहनतको परिणाम स्वरुप जीत हात परेको टिम कोच सुदिप श्रेष्ठले बताए । ३ नं. स्ट्राईकर यनिक वोनालाई चल्न नदिएपछि गोल हान्न नसकेको उनले बताए ।  बीचमा डिफेन्समा कमजोरी देखिएको क्लवले विपक्षीको एक गोल ब्यहोर्नु पर्यो । “डिफेन्सको खटपटका कारण गोल खानु पर्यो” उनले भने ।

विपक्षी टिम एडिभिजन खेल्ने भएकोले कमजोर ठानिएको थिएन । पूर्वको टिमलाई कमजोर नठानेको उनले बताए । विदेशी खेलाडी दुईजनासम्मलाई खासै समस्याको रुपमा नलिने भन्दै उनले अबको खेल नेपाल प्रहरीसंग हुनसक्ने सम्भावना बताए । प्रहरीसंगको खेल एउटै लेबलको रहेकोले प्रहरीलाई पनि जितेर अघि बढ्ने र समग्रमा गोल्डकपमो उपाधी जित्ने लक्ष बताए ।

भिडियो : टिम कोच सुदिप श्रेष्ठ/सशस्त्र प्रहरी क्लब

https://www.youtube.com/watch?v=nE9Ahh8n8VU