Friday, February 7News That Matters

विप्लप माओवादीको नेपाल बन्दको दिन कहाँ, के भयो र कहाँ कस्तो प्रभाव पर्यो ?

 

उदयपुर, बुटबल, प्यूठान लगायतमा बम फेला, नवलपरासी, कैलाली लगायतमा आगजनी र अनेकौं ठाउँमा संकास्पद बस्तु फेला, बन्दले देशैभर प्रभाव पारेको छ, यातायात, बजार, पसल ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ ।

उदयपुर

उदयपुरको कटारीमा दुईओटा बम फेला परेका छन् । कटारी नगरपालिका ३ देविधापमा एकै ठाउँमा राखिएको २ वटा सुतली बम फेला परेको हो । विहानै फेला परेको बमलाई स्थानीयले खबर गरेपछि प्रहरीले सुरक्षा घेरामा राखी नेपाली सेनाले डिस्पोज गरेको थियो । विप्लब माओवादीको बन्दले त्रसित त्यस क्षेत्रका स्थानीयहरु बम फेला परेपछि थप त्रसित बनेका छन् ।

स्थानीयका अनुसार सदरमुकाम गाईघाटमा बन्दको दिन उज्यालो नहुदै विहानीमा विष्फोटनको ठूलो आवाज सुनिएको थियो ।

 

नेकपा माओवादी ९विप्लब समुह० को बन्दको कारण उदयपुरको जनजीवन प्रभावित बन्यो । बन्दका कारण बजार, पसल बन्द छन् भने यातायात सेवा पनि ठप्प भए ।

बन्दको क्रममा अप्रिय घटना नहोस् भन्ने हेतुले स्थानीय प्रशासनले विहानैदेखि सुरक्षा व्यवस्था कडा पारेका थियो । चोक, गल्ली र सडकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

बुटवल
बुटवलको कालिकानगरमा बम फेला परेको छ । राखेको बम डिष्पोज गरिएको छ। कालिकाचोकको डिभाइडरमाथि बम राखिएको थियो । बम सक्कली नै भएपछि नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो ।

प्युठान

प्युठानको स्वर्गद्वारी नगरपालिकाको कार्यालय अगाडि बम भेटियो  । खतरा लेखेर कागज र प्लास्टिकले बेरेको अवस्थामा उक्त बम भेटिएको हो । बम भेटिएपछि त्यहाँ सुरक्षाकर्मीलाई बोलाइएको छ।

अदालत अगाडि शंकास्पद वस्तु फेला, बम भएको आशंका

नवलपरासी

 

पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको छ। ८र१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन्। पूर्वी नवलपरासीको राजमार्गमा पर्ने  जयश्री पुलमा शंकास्पद वस्तु फेला पर्यो । पछि सुरक्षाकर्मीले हटाएको छ। बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र ब्याट्री रहेको सुरक्षा निकायले जजाएको छ।

थाहा नगरपालिका–४ नयागाउँमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको हो ।

पालुङ र दामनको जंगलबीच नयाँ गाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ ।

कैलाली

सुदूरपश्चिमको राजधानी धनगढीमा बुधबार बेलुकी भजनीबाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरकोबीच जंगलमा आगो लगाई दिएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो ।

बाजुरा जिल्ला ः

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको डाब बजारमा शंकास्पद वस्तु फेला पर्यो । बन्दमा त्रास फैलाउनको लागि शंकास्पद वस्तु सडकमा राखेको हुन सक्ने प्रहरीले बताए । बन्दको कारण बिहानैदेखि सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका यातायात साधन चल्न सकेन ।

बन्दलाई लक्षित गरेर विभिन्न ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
प्यूठान जिल्ला ः

प्यूठानका दुई स्थानमा संस्कास्पद वस्तु फेला परेको छ । माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संस्कासपपद वस्तु फेला परेको हो । प्रहरीले विहान ४ः ३० बजे सडक निगरानीको क्रममा उक्त संस्कासपद वस्तु भेटाएको थियो ।

पाल्पा 

बन्दको असर पाल्पामा पूर्ण रुपमा पर्यो । सदरमुकाम तानसेनसहित अन्य बजार क्षेत्रहरुमा समेत बिहानैबाट सवारी साधन चलेन् । अत्यावश्क बाहेक लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा यात्रुले सास्ती पाए ।

रुकुम

रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेयो  । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो ।

कञ्चनपुर

नेपाल बन्दले पश्चिम नेपालको जनजीवन प्रभावित भयो । बन्दका कारण बिहानैदेखि महेन्द्रनगर बसर्पाकदेखि छोटो तथा लामो दुरीमा चल्ने सवारी साधन चल्न सकेन् ।

सार्वजनिक सवारी साधन सञ्चलानम आउन नसक्दा भारतबाट मजदुरी गरि घर फर्केने मजदुर महेन्द्रनगर बसपार्क क्षेत्रमा अलपत्र परे । बन्दको असर सबैभन्दा बढी भारतबाट नेपाल फर्किने, विभिन्न उद्योगधन्दा तथा विद्यालयमा पर्यो ।

बन्दलाई मध्य नजर गरि स्थानीय प्रशासनले कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पार्यो । मुख्य बजार, राजमार्ग क्षेत्रलगायतका क्षेत्रमा बाक्लो संख्यामा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
अछाम 

बन्दको कारण बिहानैदेखि अछामको मुख्य सडकहरुमा गाडी चल्न सकेनन् । जनजीवन प्रभावित भए।

सदरमुकामदेखि गाउँ जाने ग्रामीण सडकको विभिन्न स्थानहरुमा विप्लवका कार्यक्रताहरुले विभिन्न ठाउँमा ढुङ्गा तथा रुख ढालेर सडक अवरुद्ध गरेका थिए ।

बन्दलार्इ मध्यनजर गर्दै जिल्लाभर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

 गुल्मी 

नेपाल बन्दका कारण गुल्मी जिल्लाको जनजीवन प्रभावित बन्यो  । गुल्मीका बजार र विद्यालय पूर्ण रुपमा बन्द रहे । जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन बसपार्कमै रोकिए । बन्दकर्ता बजारमा नदेखिए पनि बन्दको प्रभाव भने रहेको हो ।

डडेल्धुरामा 

नेपाल बन्द बिहीबार डडेल्धुरामा पनि प्रभाव पर्यो ।  बिहानदेखि नै जिल्ला सदरमुका तथा जिल्लाभर यातायात  ठप्प भयो भने बजार व्यवसायसमेत बन्द भए |

विप्लब माओवादीले बन्द आव्हान गरेर दिनभर बन्दको प्रभाव रहेपनि बन्दकर्ता भने कतै देखा परेनन् । तर सरकारले प्रतिबन्ध लगाएपछिको विप्लब माओवादीको यो बन्दले त्रास फैलाएको छ ।

यो खबर विभिन्न अनलाईनसमेतको सहयोगमा तयार पारिएको हो ।