Monday, February 17News That Matters

विप्लप र प्रहरीवीच गोली हानाहान दुई जनाको मृत्यु

भोजपुर, असार २५ गते ।

भोजपुरको सदरमुकाममा प्रहरी र विप्लप कार्यकता विच गोली हानाहान हुदा दुई जनाको मृत्यु भएको छ । गोली हानाहानमा नेत्रविक्रम चन्द (विप्लप) माओवादी नेतृत्वका एक जना कार्यकर्ता र एक प्रहरी जनवानको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

शनिबारे हटियाका पाँचधारे होटलमा विहान करिब साढे आठ बजे विप्लप र प्रहरीविच गोली हानाहान भएको प्रहरीले जनाएको छ । गोली हानाहानमा  विप्लपका ओखलढुंगा जिल्ला इन्चार्ज निरकुमार राई र प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको छ भने प्रहरी जवान सोमनाथ भट्टराई गम्भिर घाईते भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

गोली लागी गम्भिर घाईते भएका भट्टराईको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लुकेर बसेको विप्लप कार्यकतालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी गोली चालाएपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलवाट एक जना विप्लप कार्यकर्तालाई नियन्त्रणमा लिएको छ भने चिनियाँ पेस्तोल र ६ राउण्ड गोली समेत बरामद गरेको प्रहरीले जनाएको छ । गोली हानाहानपछि भोजपुर सदरमुकाममा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।