
उदयपुर, साउन २९ गते ।
उदयपुरका विभिन्न संचार हाउस तथा संचार सस्थाहरुले नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को १ न. प्रदेश अधिवेशनको सफलताको कामना गरेका छन् ।
उदयपुरमा हुन लागेको पहिलो प्रदेश अधिवेशनले पत्रकारीताको क्षेत्रमा उर्जा थप्ने भन्दै उनिहरुले सफलताको कामना गरेका हुन् ।
विभिन्न व्यानर , पत्रपत्रिका, रेडियो मार्फत उनिहरुले शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुलाई स्वागत समेत गरेका छन् ।
उदयपुरका पत्रिकाहरु, एफएमहरु र अनलाईनहरुले शुभकामना व्यक्त गरेका छन् । त्यस्तै किराँत राई पत्रकार संघ, थारु पत्रकार समाज, तामाङ पत्रकार समूह, फोटो पत्रकार संघ लगायतले शुभकामना व्यक्त गरेका छन् ।
