Monday, June 22News That Matters

विराटनगरको नोबेल मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

पूर्णपुष्टि,वैशाख १३

विराटनगरको नोबेल मेडिकल कलेजमा एकजना कोरोना संक्रमितको ज्यान गएको छ । विराटनगर महानगरपालिका–२ घर भएका ४० वर्षीय पुरुषको उपरचाको क्रममा कोरोना संक्रमणबाट ज्यान गएको हो ।

४० वर्षीय पुरुषमा आइतबार कोरोना पुष्टि भएपछि नोबेल मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो । उक्त पुरुषको उपचारका क्रममा आइतबार राति १०ः१५ बजे ज्यान गएको हो ।

आइसोलेसनमा भर्ना गरिएका ती पुरुषमा छाती दुख्ने र ज्वरो आउने समस्या रहेको अस्पताले जनाएको छ ।