
पूर्णपुष्टि,मंसिर ७
विराटनगरमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१७ मटेरुवामा बिहान तस्करीको समान प्रहरीले नियन्त्रणमा लिएको हो ।
८–१० जनाको समूहले भन्सार छली गरेर भारतबाट लुकाईछिपाई ल्याएको सामान नियन्त्रण गर्न खोज्दा प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीकाअनुसार तस्करीमा संलग्न रविना खातुन एक बोरा कम्मरमा लगाउने पेटीसहित पक्राउ परेकी छिन् भने अरु फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
