
पूर्णपुष्टि, वैशाख ५
मोरङ बिराटनगर–१७ मटेरुवा स्थितबाट भारतिय नोटसहित एक युवा पक्राउ परेको छ । सुनसरी धरान– ८ का ५५ वर्षीय नौसाद मियालाई भारतिय नोटसहित प्रहरीले पक्राउ गरेको हो ।
शनिबार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतिय नोट ५०० का दरको २०६ थान गरी जम्मा १ लाख ३ हजार सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
