Tuesday, March 18News That Matters

विरामीलाई फलफुल वितरण

उदयपुर, बैशाख ११ गते ।

लोकतन्त्र दिवसको अवसरमा उदपयपुरको जिल्ला अस्पतालमा विरामीलाई फलफुल वितरण गरीएको छ ।

जिल्ला समन्वयन समितिको आयोजनामा दिवसको अवसर पारेर अस्पतालका विरामीहरुलाई बुधबार फलफुल वितरण गरिएको हो ।

प्रत्येक वर्ष दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने गरेको आयोजकले जनाएको छ । अस्पतालको निगरानी समेत हुने गरी विरामीलाई फलफुल वितरण गरि दिवस मनाएको आयोजकले जनाएको छ ।

लोकतन्त्रका लागि हजारौँ जनताको बलिदानी र ठुलो संङ्घर्षबाट २०६३ साल बैशाख ११ गते जनताले लोकतन्त्र प्राप्त गरेको थियो । लोकतन्त्र प्राप्त गरेको सम्झाना स्वरुप दिवसको रुपमा विभिन्न कार्यक्र गरि वर्षेनी भव्य मनाउदै आएको छ ।

विरामीलाई औषधी सँगै फलफुलको पनि उतिकै आवश्यकता पर्ने भएकाले फलफुल वितरण कार्यक्रम गरिएको आयोजकले जनाएको छ । देशै भरि विभिन्न कार्यक्रम गरि भव्य रुपमा दिवस मनाईएको छ ।