Friday, May 8News That Matters

विरामी बोकेको एम्बुलेन्स दुर्घटना

उदयपुर, कात्तिक ५ गते । 

सुनसरीको दुहवीमा उदयपुरबाट विरामी लिएर विराटनगर जादै गरेको एम्बुलेन्स दुर्घटना हुदा चालकसहित पाँच जना गम्भिर घाईते भएका छन् । उदयपुरगढी गाउपालिका–४ बाट विरामी लिएर जादै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिदा दुर्घटना भएको हो ।

विपरित दिशाबाट आएको ट्रकले स १ झ ५२८ नम्बरको एम्बुलेन्सलाई विहान करिब ५ बजे ठक्कर दिदा चालक, विरामी र विरामीसँगै गएका पाँचै जनाको अवस्था गम्भिर रहेको छ । उदयपुरगढी गाउँपालिका–५ नम्बर वडाको एम्बुलेन्स रहेको पालिकाले जनाएको छ ।