
राजेन्द्र दुष्ट
बेल्टार/मंसिर १ गते ।
चौदण्डीगढी नगरपालिका–९ को जनता माध्यामिक विद्यालय हडियाको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा लोकतान्त्रिक धारका समुहले जित हासिल गरेका छन् । शनिबार भएको चुनावमा चन्द्रलाल गिरी, आनन्ददेव चौधरी, जमुना खड्का र श्यामकुमार चौधरीगरी ४ जना विजयी भएका हुन् ।
वामपन्थि समुहलाई पराजित गर्दै प्यानल सहित लोकतान्त्रिक समुहले विजयी प्राप्त गरेको हो । शिक्षा न्यामवाली अनुसार विजयी ४ जनाले अन्य चन्दादाता १, वुद्धिजीवी १, वडा प्रतिनिधि १, शिक्षक प्रतिनिधि १ जनागरी ५ जनालाई मनोतित गरी ९ जना मध्यबाट एक जना विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ, भने विद्यालयको प्रअ सदस्य सचिव रहने व्यवस्था छ ।
अन्य सदस्यहरुको लागि भने चाडै विद्यालयको बैठक बसी समितिलाई पुर्णता दिईने नव निर्वाचित सदस्य चन्द्रलाल गिरीले जानकारी दिए ।
नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको भएपनि खुलेआम दलगत रुपले विव्यास समिति चयन हुदा विद्यालयको शैक्षिक गतिविधि कस्तो हुने हो भन्ने जनमासनमा परेको छ ।
