पुर्णपुष्टि, पुष ३ । कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले छन् ।
आरोपीहरूलाई काठमाण्डौ अपराध अनुसन्धान कार्यालयले भक्तपुरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए । प्रवक्ता कोइरालाको अनुसार उनीहरूले अनलाइन बेटिङबाट आर्थिक कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताए । आज आईतबार रातिको ८ः४५ बजे बाट अर्जेन्टिना र फ्रान्सको बिचमा फाइनल खेल हुँदै छ ।
अपराध अनुसन्धान कार्यालयले यसअघि सट्टेबाजी धन्दामा संलग्न पाल्पाका रुद्र प्रसाद पोखरेल र भारतीय नागरिक पवन कुमार शर्मा सहित ४ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।
