
पूर्णपुष्टि, भदौ २४
विश्वमा कोरोना संक्रममणबाट मृत्यु हुनेको सख्ंया नौ लाख नाघेको छ । गत २४ घण्टामा चार हजार दुई सय सात जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख सात सय ६३ जना पुगेको हो ।
गएको २४ घण्टामा दुई लाख ३४ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७७ लाख १५ हजार भन्दा धेरै भएको वल्डोमिटरले जनाएको छ ।
उक्त सङ्क्रमितमध्ये एक करोड ९८ लाख दुई हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।
गत २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ सङ्क्रमित थपिएका र एक हजार एक सय सात जनाको मृत्यु भएको वल्डोमिटरले जनाएरको छ ।
अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र मृत्यु हुनेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखी उच्च संख्यामा बिरामी थपिएका छन् ।

