
पूर्णपुष्टि, भदौ १९
विश्वमा कोरोना भाईरसको संक्रमणबाट सात हजार स्वास्थ्यकर्मीको मृत्यु भएको एमनेस्टी इन्टरनेशनलले जनाएको छ ।
सबैभन्दा धेरै मेक्सिकोमा स्वास्थ्यकर्मीको मृत्यु भएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । मेक्सिकोमा अहिलेसम्म एक हजार ३ सय २० जना स्वास्थ्यकर्मीको मृत्यु भईसकेको जनाईएको छ ।
मेक्सिको पछि अमेरिकामा एक हजार ७७ जना, बेलायतमा ६ सय ४९ र ब्राजिलमा ६ सय ३४ स्वास्थ्यकर्मीको मृत्यु भईसकेको एमनेस्टीले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
अहिलेसम्म भारतमा ५ सय ७३ र दक्षिण अफ्रिकामा २ सय ४० जनाको मृत्यु भईसकेको छ । उपचारमा खटिने स्वास्थ्यकर्मीकै मृत्यु हुनुले समस्या थप बढ्दै जाने देखिएको एमनेस्टीले जनाएको छ ।
