Thursday, May 14News That Matters

विश्वमा कोरोना संक्रमित ४० लाख बढी

पूर्णपुष्टि, बैशाख २७ गते ।

विश्वमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । दुई सय १२ देश र दुईवटा अन्तर्राष्ट्रिय पानीजहाजमा अहिलेसम्म ४० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।

उक्त संख्यामध्ये १३ लाख ८२ हजार भन्दा बढी निको भएको जनाएको छ । कोरोनाका कारण अहिलेसम्म २ लाख ७५ हजारभन्दा बढीको मृत्यु भईसकेको जनाईएको छ । गत पछिल्लो २४ घण्टामा विभिन्न देशमा गरि ५ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म १३ लाख २० हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ७८ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा ३१ हजारभन्दा बढी र इटालीमा ३० हजारभन्दा बढीको मृत्यु भएको जनाईएको छ ।

त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या साढे ५९ हजार नाघेको छ । अहिलेसम्म १ हजार ९ सय ८५ जनाको मृत्यु भईसकेको जनाईएको छ । १७ हजार ८ सय ८७ जना भने निको भएका छन् ।