Friday, May 22News That Matters

विश्वमा कोरोना संक्रमितको संख्या ८० लाख बढी

पूर्णपुष्टि, असार १ गते । 

विश्वका विभिन्न देशमा कोरोनाबाट ८० लाख भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामै विश्वमा १ लाख २३ हजार ६ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म विश्वमा ४१ लाख ३३ हजार ८ सय ८० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ४ लाख ३५ हजार ८ सय ४० जनाको मृत्यु भएको छ ।

अमेरिकामा २१ लाख ६२ हजार २ सय २८ जना संक्रमित भएका छन् । उक्र संक्रमित मध्ये ८ लाख ७० हजार ५० जना उपचार पछि निको भएका छन् भने एक लाख १७ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा ८ लाख ६७ हजार ८ सय ८२ जना संक्रमित भएका छन् । उक्त संक्रमितमध्ये ४ लाख ५३ हजार ५ सय ६८ जना उपचारपछि निको भएका छन् भने ४३ हजार ३ सय ८९ जनाको मृत्यु भएको छ ।

यसैगरी रुसमा ५ लाख ३७ हजार २ सय १० जना संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये २ लाख ४५ हजार ५ सय ८० जना उपचारपछि निको भएका छन् भने ७ हजार ९१ जनाको मृत्यु भएको छ ।

विश्वमा बढी कोरोना संक्रमित हुनेमा भारत चौथो स्थानमा छ । भारतमा अहिलेसम्म ३ लाख ३२ हजार ७ सय ८३ संक्रमित भएका छन् । उक्त संक्रमितमध्ये ९ हजार ५ सय २३ जनाको मृत्यु भएको छ ।